आज कोशी प्रदेशकाे प्रदेशसभा बैठक बस्दै

कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ । आजैबाट २०८०/८१ काे बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ । गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेकाे हाे । सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *