नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू र आफ्नो परिवारलाई जोडेर झुटो समाचार लेखेको प्रति घोर निन्दा, भर्त्सना र खण्डन गर्नुभएको छ ।
सामाजिक सञ्जालमा आज एक स्ट्याटस लेख्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पेसाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा आफू र आफ्नो परिवारलाई जोडेर झुटो समाचार लेखेकोमा आपत्ति जनाउनुभएको हो ।
उहाँले लेख्नुभएको छ – ‘मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन । यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पङ्क्तिलाई आह्वान गर्दछु । यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने सबैमा जानकारी गराउन चाहन्छु ।’