सभामुख र प्रधानमन्त्रीबीच छलफल सकियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । सदन अवरोध लामो समय देखि हुँदै आएपछि सदन खुलाउने विषयमा उहाँले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानमन्त्री–सभामुख भेट यो पाँचौँ पटक हो । बिहान ९ बजे देखि सुरु भएको छलफल १०ः३० बजे सकिएको छ ।

भेटमा सभामुखले भन्नुभयो, सदन नचल्नु राम्रो भएन । माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।

सभामुखले समितिको नेतृत्व चयन हुन नसकेको समेत जानकारी गराउनुहुँदै संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो आएकाले तत्काल वातावरण बनाउनु  पर्ने खाँचो रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, म पनि सदन खुलाउन भूमिका खेल्छु,  तपाईँ पनि लाग्नुहोस्, छिट्टै सहमति गर्नपर्छ , म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *