कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री थापाले आज प्रदेशसभा सचिवालयमा पत्र पठाएर भदौ ३ गते विश्वासको मत लिने प्रस्ताव कार्यसूचीमा समावेश गर्न आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेशसभा निमावलीको नियम १२८ को उपनियम १ र २ बमोजिम सूचना दिएको पत्रमा उल्लेख गर्नुभएको छ । नियमावलीमा विश्वासको मत लिनु दुई दिन अगाडि सूचना दिनुपर्ने र सभामुखले विश्वासको मत लिने मिति र समय तोक्ने व्यवस्था छ ।