नेपाल (एमाले)को जनवर्गिय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम लुम्बिनी प्रदेश स्तरीय अधिवेशन तयारीमा संगठनका नेता कार्यकर्ता जुटेका छन् ।
अधिवेशन यहि भाद्र ७ गते नेपालगन्जमा गर्ने तयारीका लागि विभिन्न सराेकारवालासँग छलफल र समन्वय गरिरहेको नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् संगठनका केन्द्रीय उपाध्यक्ष माेहमद हारून हलुवाले जानकारी दिनु भयो । उहाँका अनुसार अधिवेशन उदघाटनका लागि केन्द्रीय महासचिव शंकर पाेखरेल लगायतका नेता आउने जानकारी दिनु भयो ।
अधिवेशनमा विभिन्न जिल्लाबाट करिब २ सय ५० प्रतिनिधि आउने संगठनका अध्यक्ष सकिल खाँनले जानकारी दिनु भयाे । अधिवेशन व्यवस्थापन र संचालनका लागि विभिन्न उपसमिति बनाएर कार्य गरिरहेको अध्यक्ष खाँनले जानकारी दिनु भयो ।