भरतपुर अस्पतालमा ४ सय शय्या नि:शुल्क

भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो। अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार विज्ञप्ति जारी गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन शुरु गरेको जानकारी दिएका छन्। क्रिटिकल केयर (आईसीयू, सीसीयू, पीआईसीयू, एनआइसीयू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक बार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए।