बलात्कार आरोपित ३ जना पक्राउ ६ जना पक्राउ अझै फरार

बालिका बलात्कार गरेको आरोपितमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एक बालिकालाई बलात्कार गरी फरार रहेका नौ जना मध्ये तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । फरार मध्य जगदुल्ला गाउँपालिका–५ माझ गाउँ बस्ने वर्ष २९ का धर्मराज बोहरा सल्यान कुमाख गाउँपालिका–५ काला गाउँ बस्ने वर्ष २० का रेसम राणा र जाजरकोट कुशे गाउँपालिका–९ का २१ वर्षीय कृष्ण बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो । गत फागुन महिनामा युवाहरूले वालिकालाई सामूहिक बलात्कार गरेपछि पीडित पक्षले २०८० साउन २६ गते प्रहरीमा दिइएको किटानी जाहेरीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *