नर्सिङ्ग क्याम्पस र नेपाल बैंक लिमिटेड नेपालगन्जबीच सहुलियत कर्ताका लागि संझौता


त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ्ग क्याम्पस नेपालगन्ज र नेपाल बैंक लिमिटेड सिटी अफिस नेपालगन्जबीच सेवाग्राही कर्जाका लागि आइतबार संझौता भएको छ । संझौता अनुसार नर्सिङ्ग क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीलाई शुलभ व्याजदरमा ऋण सहयोग प्रदान हुने छ ।

नर्सिङ्ग क्याम्पसमा कार्यरत कर्मचारी तथा शिक्षकका लागि व्यक्तिगत प्रयोजनका लागि सहुलियत ऋण अन्तरगत वार्षिक आधार ३ तीन रुपैया ५० पैसाका दर बैंकको नियमानुसार व्याज सुविधामा विना धितो बढीमा १५ लाख सम्मको कर्जा प्रदान गर्ने सम्झौता भएको नर्सिङ्ग क्याम्पसमा कार्यरत कर्मचारी हरी थापाले जानकारी दिनु भयो । उहाँका अनुसार संझौता पत्रमा नेपालगन्ज नर्सिङ्ग क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख तुलसा सुनार र नेपाल बैंक लिमिटेड बाँकेका शाखा प्रवन्धक रुपेश कुमार श्रीवास्तवले संझौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
यो सेवा ग्राही कर्जाको सहमतिबाट क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आगामी दिनमा ऋण सहयोगका लागि न्यूनतम व्याजदरमा ऋण पाउदा राहत हुने क्याम्पस प्रमुख सुनारले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *