कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्नु हुने भएको छ । उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि उहाँले ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तोक्नु भएको थियो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रमाणित गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । तर एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने भएको छ ।