नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले पदभार ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार सम्हाल्नु भएको छ । मंगलबार दिउँसो शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि श्रेष्ठले रामशाह पथमा रहेको सर्वोच्च अदालतमा आएर श्रेष्ठले पदभार सम्हाल्नु भएको हाे ।

सर्वोच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारीले उहाँको स्वागत गरेका थिए। श्रेष्ठ अब १३ महिना प्रधानन्यायाधीश पदमा बहाल गर्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *