मुस्लिम इत्तेहात संगठन लुम्बिनीको अध्यक्षमा खाँ निर्वाचित


नेपाल मुस्लिम इत्तेहात संगठनको प्रथम लुम्बिनी प्रदेश अधिवेसन आज नेपालगन्जमा सम्पन्न भएको छ । अधिवेसनबाट बाँकेका शकील अहमद खाँ अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको हो । कमिटीको उपाध्यक्षमा अनवर मोहम्मद ससलमान, सचिवमा अबजल अति, उपसचिबमा नग्मा सिद्धिकी निर्वाचित हुनु भएको हो ।

अधिवेसनको उदघान नेकपा(एमाले) केन्द्रीय सदस्य एवम नेपाल मुस्लिम इत्तेहात संगठनका केन्द्रीय अध्यक्ष शेराज फारुकीले गर्नु भएको थियो । अधिवेसनमा नेकपा(एमाले) पोलिटव्यूरो सदस्य एवम बाँके जिल्ला इन्चार्ज खेममान खडका, नेकपा(एमाले) केन्द्रीय सदस्य एवम संगठनका केन्द्रीय उपाध्यक्ष मोहमद हारुन हलुवाई, नेकपा(एमाले) केन्द्रीय सदस्य भुमिश्वर ढकाल, नेकपा(एमाले) केन्द्रीय सदस्य सूर्य ढकाल लगायतका नेताले अधिवेसनको सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अधिवेसनमा बाँके जिल्लामा नेकपा(एमाले) राजनीतिक आस्था, समाज परिवर्तनको अभियान लगायतका विषयमा योगदान गरेका एमाले नेता देवराज भार, करिम खाँ लगायत अगुवा व्यक्तिलाई सम्मान समेत गरिएको थियो । अधिवेसनमा लुम्बिनी प्रदेशमा मुस्लिम समुदायको बसोबास रहेका विभिन्न जिल्लाबाट प्रतिनिधि आएका थिए । नेपाल मुस्लिम इत्तेहात संगठन नेपा (एमाले)को जनसंगठन हो ।