१० समितिका सभापतिका लागि उमेदवारी दर्ता

प्रतिनिधिसभाअन्तर्गत १० विषयगत समिति सभापतिका लागि आइतबार उमेदवारी दर्ता गरिएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा उमेदवारी दर्ता गराइएको हो ।

हालसम्म उद्योग, वाणिज्य तथा श्रम उपभोक्त हित समितिको सभापतिमा जनमत पार्टीबाट उमेदवारी परेको छ । पार्टीबाट पूर्वखानेपानीमन्त्री अब्दुल खानले उमेदवारी दर्ता गराएका छन्

 

यस्तै, स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उमेदवारी दर्ता गराएका छन् । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उमेदवारी परेको छ ।

bhanubhakta1693127578.jpgDipak-Singh1693127761.jpg

दलहरूले भागबण्डा गरेर समिति सभापतिका लागि उमेदवारी दर्ता गराएका हुन् । कानुन, न्याय तथा मानवअधिकारको सभापतिमा नेकपा (माओवादी केन्द्र)की बिमला सुवेदी, लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल, महिला समितिको सभापतिमा पनि एमालेका किरणकुमार साहको उमेदवारी परेको छ ।