कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीका बुबाको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ। नगर प्रमुखका बुबा ७२ वर्षीय जनकलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट उनलाई करेन्ट लागेको थियो। बेहोस भएका चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।