पाल्पाको जोर्तेमा स्कार्पियोमाथि पहिराे खस्याे ८ जनाको उदार

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ। गुल्मीको तम्घासबाट बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो।

जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा टाफिक ब्यावस्थापन कार्यालय बुटवलले जनाएको छ।

गाडी भित्र अझै २/३ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ। जेसीबी बोलाइ सकेको र जेसिबीले पहिरो हटाएर उनीहरुको उद्दार गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *