एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई पाकिस्तानले ३४३ रनको लक्ष्य लिएको छ ।
मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई खेलको सुरुवातमा नेपाली बलरहरुले दबाबमा राखेका थिए । २१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए । थप चार रन जोड्दा अर्का ओपनर इमाम उलहक रनआउट भए । कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिट मारेका थिए ।
त्यसपछि कप्तान बाबर आजमले पारी सम्हाले । उनले मोहम्मद रिवाजसँग ८६ रनको साझेदारी गरे । रिवाजलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए । थप २३ रन जोड्दा आगा सलमान पनि आउट भए । सन्दीप लामिछानेले उनलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए ।