नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रथम लुम्बिनी प्रदेशकाे प्रथम अधिवेशन भोलि शनिबारदेखि बुटवलमा उदघाटन गर्नु हुनेछ ।
दुईदिनसम्म चल्ने अधिवेशनको सबै तयारी पूरा भएको एमालेले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कडेलले जानकारी दिनु भएको छ । आज बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिनु भएको हाे ।
बुटवलस्थित अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा भोलि पार्टी अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गर्ने तयारी छ । समारोहमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा लगायतका नेताहरूको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अधिवेशनमा प्रदेशका १२ वटा जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधि सहभागी हुने अध्यक्ष कडेलले जानकारी दिनु भएको छ । पत्रकार सम्मेलनमा पार्टीकी सचिव एवम् प्रदेश इञ्चार्ज पद्मा अर्यालले अधिवेशनबाट प्रदेशको नेतृत्वमा आउनका लागि निर्वाचत हुने छ । इञ्चार्ज अर्यालले सहमतीय नेतृत्व चयनका लागि बाटो खुल्ला गरेको र सहमतिमा पुग्न नसके निर्वाचनबाट टुङ्गो लगाउने बताउनु भयो ।