पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् । घाइतेहरुलाई मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए  । दुर्घटना आज बिहान करिब ७ः४५ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।