नेपाललाई तेस्रो विकेटका रुपमा कप्तान रोहि पाँच रनमै आउट

एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका हुन् । ८ बल खेलेका उनी रबिन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माले क्याचआउट गराएका हुन्। यसअघि भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए। श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो। हालसम्म २० ओभर खेलेको नेपालले ३ विकेट गुमाएर ९४ रन बनाएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *