नेकपा एमाले लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आज बिहान मतदान हुँदैछ । हिजै हुने भनिएकाे मतदान तयारी नपुगेकाे भन्दै आजका लागि सारिएकाे हाे ।
बिहान ७ बजेदेखि मतदान हुने जनाइएकाे छ । दुई समूहमा कुनै सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हाे ।
अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेल र हरि रिजाल दुईवटा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कँडेल पक्षलाई एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् ।
दुवै पक्षले सचिवमा राखेका लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यका लागि निर्वाचन हुन लागेकाे हाे ।
भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनमा आज मतदान हुन लागेकाे हाे । निर्वाचन आयोगका प्रमुख हरिप्रसाद भण्डारीले बिहान ७ बजेदेखि निर्वाचनको तयारी गरिएको जानकारी दिए ।