नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

सुनसरीको नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार नेपाल विद्युत प्राधिकरणका फोरम्यान  विर्जु कुमार महतोलाई २५ हजार रुपियाँ घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार महतोलाई उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिए बापत सेवाग्राहीसँग सो रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *