साउदी अरेवियाको दमाममा नेपाल एयरलान्सले थाल्यो नियमित उडान

साउदी अरेवियाको दमाममा नेपाल एयरलाइन्सले नियमित उडान थालेको छ । नेपाल एयरलाइन्सको जहाज बुधबार राति १०ः४० बजे १२६ यात्रुसहित दमाम उडेको थियो ।दमामबाट ११७ जना यात्रु काठमाडौं आएका छन् । साउदी अरब वैदेशिक रोजगारीमा धेरै नेपाली जाने मुलुकमध्ये एउटा हो । नेपाल एयरलाइन्सले काठमाडौं–दमाम–काठमाडौं रुटमा सातको दुई दिन बुधबार र शनिबार उडान गर्ने तालिका बनाएको छ । बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडान संख्या बढाउँदै लैजाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार निगमको वेबसाइट लगइन गरेर वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिएर यात्रुले नेपाल एयरलाइन्समार्फत यात्रा गर्न सक्ने भएका छन् ।