रेशमले पार्टीलाई व्यक्तिगत स्वार्थपूर्तिको हतियार बनाए: सुरेन्द्र चौधरी

नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीलाई व्यक्तिगत स्वार्थपूर्तिको हतियार बनाएको आरोप लगाएका छन् ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले रेशमले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेपछि पार्टी छाडेको बताए ।टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले पार्टी स्थापना गरे पनि परिवाद हावी भएको उनले बताए ।

‘उहाँ (रेशम चौधरी) लाई आफू छुट्नुु थियो, श्रीमतीलाई मन्त्री बनाउनु थियो । त्यसैले राजनीतिक रुपमा समाज र चेतनास्तर कम भएका थारुहरुलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने नियत देखाएपछि पार्टी त्यागेको हुँ’, सुरेन्द्रले भने भनि याे समाचार अनलाइन खबरमा प्रकाशित भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *