नेपाल सरकारले निजी विद्यालयहरुलाई मुल्याङ्कन नगरेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले आरोप लगाएका छन् । राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजि विद्यालयप्रतिको व्यवहार नितान्त बिभेदकारी भएको आरोप लगाउनु भएको छ ।
गुणत्मक शिक्षाको लागि ठूलो धनराशी बहिरिएको छ, फेरी पनि सरकारले त्यस्तै खालको शिक्षा नीति ल्याउन खोजेकाे बताउनु भयाे ।
राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँके जिल्ला समितिको शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनको उदघाट्न समारोहमा बोल्ने सहभागीहरुले निजी विद्यालय शैक्षिक गुणस्तरको स्तर बृद्धि गर्दै अगाडि बढेको बताउनु भयो ।
सो अवसरमा राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको आरोप समेत लगाउनु भयो ।
कार्यक्रममा एनप्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजिकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका याम रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका रेखा धिताल, शिक्षक महासंघ बाँकेका पवन यादव लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
नेशनल प्याब्सन बाँकेको ९औ जिल्ला अधिबेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष किशोर राज मल्ल ,उपाध्यक्ष चिरन चन्द, गोबिन्द रावत ,सचीव बेगम चन्द, कोषाध्यक्ष लोक राज डाङ्गी, सह सचिब प्रकाश मल्ल ,सह कोषाध्यक्ष धन ओली निर्वाचित हुनु भएको छ ।