एमाले महासचिव पोखरेल र पीसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता

नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।
महासचिव पोखरेलले विदेश विभाग प्रमुख लिउ जियनचाओसँगकाे भेटवार्तामा राख्नु भएका विषयहरु
– १८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्छौ ।
– नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहन्छ ।
– नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि हामीले मिसन ग्रासरुट अभियान सञ्चालन सम्पन्न गरेका छौं । यो अभियानले पार्टीमा नयाँ सञ्चार र उत्साह प्रदान गरेको छ । फेरि हामीले मिसन २०८४ अभियान सुरु गरेका छौं । २०८४ सालको आमनिर्वाचनमा हामी निर्वाचनमार्फत बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पुरा गर्ने लक्ष्यसहित क्रियाशिल छौं
– हाम्रो अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र महामहिम चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिन्पिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा छौं ।
विदेश विभाग प्रमुख लिउ जियनचाओको भनाई
– एक चीन नीतिमा दृढ रहेकोमा नेकपा (एमाले) लाई धन्यवाद ।
– नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाईमा लैजान चाहन्छौं ।
– चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि छन् ।
– हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरु र तपाईहरुको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौं । ती सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ ।
– नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ ।
– दुई पार्टीका उच्चस्तरी नेताहरुको भ्रमणलाई अझ बढाउनु पर्छ ।
– चीन सधैंभरी शान्ति, बिकास र समृद्धिको पक्षमा रहँदै आएको छ । भबिष्यमा पनि तपाईहरुले यसतर्फ चाल्ने पाइलामा सधैं साथ र सहयोग रहनेछ ।
महासचिव पोखरलेको भ्रमण दल आज छिन्हाई शहर जानेछ । महासचिवसँगै विदेश विभाग प्रमुख पनि जानु हुनेछ । त्यहाँ आयोजित कार्यक्रमलाई महासचिवले सम्बोधन गर्नु हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *