गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई पठाएको छ । उनी यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थिए ।
सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ । यसअघि ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उनले गृह प्रशासनमा पुगेलगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मौका पाएका छन् ।
त्यसैगरी रामवन्धु सुवेदीलाई दाङ र शिवराम गेलाललाई महोत्तरीमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् । सहसचिवहरु दीपककुमार पहाडी, भरतमणि पाण्डे, खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ ।