महासचिव पोखरेल चीनबाट पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर स्वदेश फिर्ता

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् ।

पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित  निधनको कारणले उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो । उनका अनुसार महासचिव पोखरेल आजै छिङ्हाइको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किने छन् ।

स्वदेश फर्कन टिकट पाएका अवस्थामा भ्रमण दलको सबै सदस्य पनि आजै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *