एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर निजी निवास लगियो

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निजी निवास बालुवाटार लगिएको छ ।

बुधबार उहाँका छोराहरु विदेशबाट नेपाल आइपुगेपछि कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई निजी निवास बालुवाटारमा लगिएको हो । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *