दिवंगत नेम्वाङको आज अन्तिम संस्कार गरिँदैछ। उनको अन्तिम संस्कारका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ। नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि आज दिउँसो ३ बजे बैठक बोलाइएको संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए।
यस्तै राष्ट्रिय सभा बैठक पनि आजै बोलाएको छ। दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।