नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर दाजु भाइको मृत्यु

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोटमा एकैघरका २ बालकको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षका सविन कुमाल र ९ वर्षका संगम कुमालको डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए । उनका अनुसार दुई दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउँसो नदीमा डुबेका थिए ।उनीहरुलाई  नदीबाट निकालेर अस्पताल पठाइएकोमा उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको सुनारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *