बाँकेको जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु १० जना घाइते

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा  गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना भएका छन् ।

सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा   ११ जना घाइते भएका थिए ती घाइते मध्ये एक जनाको  मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारी   विपिन आर्चायले रातोपाटीलाई बताए ।  उनले   झडपको कारण खुल्न नसेको बताए ।
सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको आचार्यले बताए ।

बालगृहमा तोडफोड र  झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली  सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो । बाँके  प्रहरी प्रमुख सन्तोष सिंह राठोरले  घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *