आज लुम्बिनी लगायतका प्रदेशमा वर्षाको सम्भावना

 

लुम्बिनी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आइतबार दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। मधेश र कोशी प्रदेशको तराई भू–भागमा हावाहुरीसमेत चल्नेछ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ।