क्रिकेट सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथिको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा सो मुद्दामाथि अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो । तर, न्यायाधीश अभाव भएपछि सो मुद्दा पेसीमा चढेन । अघिल्लो हप्ता पनि न्यायाधीश विदामा बसेपछि सुनुवाइ स्थगित भएको थियो ।
यो बलात्कार मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको धेरै भए पनि फैसला आउन ढिलाइ भइरहेको छ । आज मुद्दामा सुनुवाइ हुने भएपछि सन्दीप चीन जाने नेपाली टिमको विदाइ हुँदा सहभागी थिएनन् । तर मुद्दाको सुनुवाइ नहुने भएपछि उनको चीन यात्रा के हुन्छ भन्ने अन्योल भएको छ