नेपाल सेमिफाइनलमा पुग्नका लागि आज माल्दिभ्सलाइ जित्नै पर्ने

साफ अण्डर नाइन्टिन च्याम्पियनसिपमा  नेपालले आज माल्दिभ्ससँग खेल्दैछ।  दशरथ रंगशालामा खेल दिउँसो साढे १ बजेदेखि शुरु हुदैछ।

समुह ए बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ भने अब नेपाल र माल्दिभ्सबीचको विजेता सेमिफाइनलमा पुग्ने छ।

शनिबार पाकिस्तान र माल्दिभ्सबीचको खेल १-१ गोलको बराबरी खेलेपछि पाकिस्तानलले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यसअघि पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो। पाकिस्तानको २ खेलमा ४ अंक भएको छ।

त्यस्तै माल्दिभ्सको एक खेलमा एक अंक रहेको छ र नेपालको एक खेलमा शुन्य अंक रहेको छ। अब आज हुने नेपाल र माल्दिभ्सबीच खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ। नेपालले सेमिफाइनलमा स्थान बनाउन खेल जित्नै पर्ने भएको छ भने बराबरीमा रोकिएमा माल्दिभ्स सेमिफाइनलमा पुग्ने छ।

त्यस्तै समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगिसकेका छन्। बंगलादेशले आफ्ना दुवै खेलमा हार बेहोरेपछि समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगेका हुन्। यद्यपी समुह चरणमा आजै भारत र भुटानबीच पनि साढे ५ बजेदेखि खेल हुदै छ।