राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जाँदै हुनु हुन्छ ।नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिर दर्शनमा आउने राष्ट्रपति पौडेलको यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै उहाँ आज जान लाग्नु भएकाे हाे ।
सो क्रममा पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय छ। पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरेको छ। सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।
२०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुने भएपछि जनकपुरधामवासीले खुसी जनाएका छन्।