रझेना खानेपानी समितिकाे अध्यक्षमा शाहीकाे उम्मेदवारी

असोज १६ गते हुन लागेको कोहलपुर नगरपालिका ३ र ४ रझेना खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदका लागि एमालेका तर्फबाट उम्मेदवार केशवराज शाही रहेका छन् भने नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाको गठनबन्धबाट दोर्ण प्रसाद जैसीलाई अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ ।

नेकपा एमालेका बाँके क्षेत्र नं. १ को संयोजक तथा जिल्ला सचिवालय सदस्य बलराम भट्टराईले केशव शाहीलाई अध्यक्ष पदमा विजयी गराउन सबैमा आग्रह गरेका छन् ।

एमाले नेता भट्टराईका अनुसार एमाले नेता शाहीको नेतृत्वमा
अध्यक्ष : केशवराज शाही, उपाध्यक्ष :कृष्णा कु. योगी, सचिव :सफि म.गुज्जर, कोषाध्यक्ष:गणेश मेदासि शाही
सदस्य : तिर्थराज बुढा,  लालसरि बुढा, रिता जैसी, कल्पना मल्ल र टेकबहादुर डागी उम्मेदवार बनाएको बताउनु भयाे ।