एमाले सुशासन र विकासको अगुवाइ गर्ने पार्टी हो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन र विकासको अगुवाई गर्ने पार्टी एमाले भएको बताउनुभएको छ । बुधबारदेखि सुरु भएको एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलिले विकासको अभियन्ता र आधुनिकताको नायक एमाले भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘राष्ट्र जोगाउने, समृद्ध गराउने, देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने अभिभारा हामीमा छ । सुशासन र विकासका लागि हाम्रो पार्टीले अगुवाइ गर्छ ।’ नेकपा एमाले अरुजस्तो पार्टी नभएको उहाँले बताउनुभयो ।

उहाँले एमालेले देशमा विकासको बाटो देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले आयो र देशमा जनताले विकास देखे । एमालेले उत्साह जगायो । राजमार्ग, पुल, सडक बने । भुकम्पको पुनःनिर्माण, अस्पताल, विद्यालय, विश्वविद्यालय, सरकार कार्यालयलागयत पुनर्निर्माण भयो ।’

एमालेले राष्ट्रको ढुकुटी खल्तिमा सार्ने अपराध ठान्ने भन्दै यसको विरोध गर्ने बताउनुभयो । उहाँले सुन तस्करीको छानविन महिनासम्म आन्दोलन गरेर समिति बनाउन लगाएकाले एमालेसँग भएको सहमतिमा खेलवाड नगर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

अहिलेको गठबन्धन सरकार गैर जिम्मेवार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार जनताको समस्या हेर्दैन । अहिले यो गठबन्धन सरकार गैर जिम्मेवार छ । घृणा र अपराधलाई बढुवा दिएको छ ।’  उहाँले  असमान्ता, भेद्भाव अन्त्य गरी सामाजिक न्याय र समनता सबैलाई हुनुपर्ने र राष्ट्रिय राष्ट्रिय एकता हुनुपर्ने भन्दै यसको महत्व आफुहरुले समाजलाई बुझाउने बताउनुभयो ।

उहाँले सरकारले अपराधलाई बढुवा दिएको पनि आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन सरकारले अपराधलाई बढावा दिएको छ । मान्छे मार्नेलाई सरकारले सुटुक्क छोड्छ । गुण्डाको संरक्षण सरकारले गरेको छ ।’

उहाँले आफुले सरकार छोडेको दुई वर्षमै देश ओरालो लागेको र विकास निर्माणका काम नभएको दावी गर्नुभयो । उहाँले अब एमालेले २०८४ सालको निर्वाचनमा मिसन बनाएर अघि बढेको र हरेक वडामा ५१ प्रतिशत एमाले हुनेगरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले कर्णाली प्रदेशमा कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सरकारीमार्फत ठूलो मात्रामा उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । गठबन्धन सरकारको यसतर्फ ध्यान नगएको भन्दै पार्टीले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्धि भएको भन्दै विकासको सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्ध प्रदेश हो । यसको अर्थ यहाँ विकासको सम्भावना छ । विभिन्न प्रकारका सम्भावना छ ।’

कर्णालीमा मानव संशाधन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, हवाई, यातायात लगायतको विकास गर्नु आवश्यक रहेको बताउनुभयो । भूमिअनुसार र मौलिक उत्पादन कसरी गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । यसतर्फ सरकारलाई सोच्ने फुर्सद नभएको उहाँले टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *