देवघाटमा नुहाउने क्रममा २ जना बेपत्ता

चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् ।

भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए । नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *