एमाले बाग्मतीको मतदान भोलि सर्‍यो

नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सरेको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान भोलिलाई सरेको हो । भोलि विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको नेता शेरबहादुर तामाङले जानकारी दिए । प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *