तीन करोड रुपैयाँ ठगीको आरोपमा सहकारीका प्रबन्धक पक्राउ

तनहुँ भिमाद नगरपालिका –९ सखेपस्थित रहेको भानुमति साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक ठगी आरोपमा पक्राउ परेका छन् ।

तनहुँ भिमाद नगरपालिका वडा –९ कटनछाप बस्ने वर्ष ५२ का चुत्रबहादुर थापाले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र १३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण (कर्जा) जनाइ, सो संस्थाको रकम दुई करोड उनसत्तरी लाख एकहत्तर हजार नौसय ६६ रुपियाँ पैसा ८८ हिनामिना गरेको आरोप लागेको छ ।

निजविरुद्धमा जाहेरी दर्खास्त दिएको हुँदा थापालाई कानुनबमोजिम पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *