एमाले कर्णालीको नेतृत्व चयन गर्न आज मतदान, अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गर्दै

नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुने निर्वाचन मण्डलले जनाएको छ ।

प्रदेशको अध्यक्षका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य गोरख बोगटीे समूहबाट कालीकोटका मिनबहादुर शाहीले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

यस्तै कर्णालीका पूर्वसभामुख दैलेखका राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका पाँच उम्मेदवारमध्ये तीन जना कालीकोट जिल्ला हुन् । मीनबहादुर शाहीविरुद्ध उनकै जिल्लाका पुराना नेता प्रेमबहादुर सिंह र प्रकाश रोकाया मैदानमा उत्रिएका हुन् । यी दुई नेताको कुनै पनि प्यानल भने छैन् ।