भेरी नदिमा हाम फालेर एक जना बेपत्ता

भेरी नदिमा हाम फालेर एक जना बेपत्ता भएका छन् । जुनीचाँदे गाउँपालिका ३ डाँडा कोटका ४२ वर्षीय मानबहादुर खड्का बेपत्ता भएको प्रहरीले जनाएको छ । गत शुक्रवार साँझ प्रहरी चौकी छेडाचौर पोस्ट देखि पश्चिम अन्दाजी १५ मिटर पश्चिम दक्षिण तर्फबाट एक जना व्यक्तिले कपडा खोली नदीमा हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भेरी नदीमा हाम फाली बेपत्ता भएको सूचना पाएपछि प्रहरी टोलीले खोजतलास गरेको डिएसपी सन्तोष रोकाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *