सिरहामा बस दुर्घटनामा २ जनाको मृत्यु, २५ घाइते

सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका-२ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका-२०का ५२ वर्षीय अनिलकुमार झा रहेका छन् । यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् ।  घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *