नेपालगन्जमा १ बजेदेखि अनिश्चितकालिन कर्फ्यू

जिल्ला प्रशासन कार्यालयले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यू)आदेश जारी भएको छ।

नेपालगन्ज क्षेत्रमा साम्प्रदायिक दंगा भड्किन नदिन प्रशासन कार्यालयले मंगलबार मध्याह्न देखि कर्फ्यू आदेश जारी गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी टाेपेन्द्र केसीले जानकारी दिनु भयो ।

केही दिनदेखि दुई धार्मिक समुदायबीच विवादहरू उत्पन्न हुँदै आएको थियो। नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको केसीले जानकारी दिनु भयो ।