
बैठकमा ‘विद्युत विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्माणार्थ प्रस्तुत गरिने कार्य सूची रहेको जानकारी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिनुभयो ।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८०’ पेस गर्नुहुने छ ।त्यस्तै, बैठकमा सभामुखले पूर्व प्रतिनिधिसभा सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।