जनमतका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश

जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् ।

१० वैशाखमा भएको स्थानीय चुनावमा कुशवाह बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी उपनिर्वाचनको केही दिनअघि जनमत पार्टी प्रवेश गरेका थिए । तर सत्ता गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।