एमाले गण्डकी निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ । बिहीबार मतदान सुरु हुनुअघि प्यानलगत नबनोस् भन्नका लागि मोबाइल,पर्चा पम्लेट लैजान रोक लगाइएको हो । प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नका लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताउनुभयो ।

गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टकाअनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उहाँहरुको भुमिका उल्लेखनीय रहने बताउनुभयो । अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात उम्मेदवारिको घोषण गरिने निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *