प्रधानमन्त्री भूकम्प प्रभावित जिल्ला बझाङमा पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ पुग्नुभएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री बझाङ पुग्नुभएको हो । साथै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पनि भ्रमण टोलीमा हुनुहुन्छ । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *