नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । असोज २१ र २२ गते धनगढीमा आयोजना हुने प्रदेश अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटि तथा अधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै मूल व्यवस्थापन समितिले अधिवेशनको तयारी पुरा भएको बताउदै ६७५ जना प्रतिनिधिको सहभागिता रहने जनाएको हो ।
ओली आइतबार बिहान ८ बजेको बुद्ध एयरको जहाजमार्फत धनगढी आउने बताउदै भण्डारीले दिउसोको १२ बजे अधिवेशनको औपचारिक उद्घाटन हुने बताए ।
अधिवेशनमा ओलीसंगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वर्मा, स्थायि कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रिय सदस्यहरुको सहभागिता रहने प्रदेश कमिटिले जनाएको छ ।
पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीको प्रदेश नेतृत्व आपसी समझदारीका आधारमा चुन्ने प्रयास गरिने बताए ।