लुम्बिनीका अर्थमन्त्री मास्की सवार स्कार्पियो दुर्घटना

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार स्कार्पियो दुर्घटनामा परेको छ ।

सडकमा आएको बच्चालाई बचाउन खोज्दा सोमबार अपराह्न अर्थमन्त्री मास्की चढेको लु १ झ ७३८ नम्बरको स्कार्पियो सडकबाट खाल्डोमा खसेको हो ।

अर्थमन्त्रीका मास्कीका प्रेस सल्लाहकार दीपक बोहोराका अनुसार स्कार्पियो तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा दुर्घटनामा परेको हो ।

 

‘सडकमा एक्कासी बच्चा आएपछि बचाउने क्रममा स्कार्पियो सडकछेउको नालामा दुर्घटनामा परेको हो,’ बोहोराले भने, ‘स्कार्पियोमा सवार मन्त्रीसहितलाई सामान्य चोट लागेको छ ।’ स्कार्पियोमा मन्त्री मास्केसहित पाँच जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *