इजरायलमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै  दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा माइतीघरमण्डलमा दीप प्रज्वलन गरिएको हो । प्यालेस्टाइनी कट्टरपन्थी समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । मञ्चका अध्यक्ष वासु गौतमले मृतकका परिवारप्रति समवेदना जनाउँदै र दुखमा साथै छौं भन्ने सन्देश दिनका लागि दीप प्रज्वलन गरेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *